मुटु भरी पिंडा बोकी हाँस्नुपर्ने कस्तो जिवनविछोडको घाउ बोकी बाँच्नु पर्ने कस्तो जिवन ।टाढा भई बाँच्नु पर्दा छाती पोली रहन्छयो धड्कनले हरेक पलमा तिमी खोजी रहन्छ । साना साना लाला बाला तिमीलाई छोडी हिडेंविदाईको हात हल्लाउदै आँशु पुछ्दै हिडे ।भन्दै थियौ नजानुहास् मेरो प्राण प्याराहजुर विना मेरो यहाँ छैन कोहि सहारा । विवश थिएँ छोडि हिडें मनमा गाँठो वाँधीनचलेका होईनन् मेरो मनमा चैते आँधी ।अति चर्को पिंडाहरुले पोल्छ मेरो छातीकहिले झस्की सपनीमा उठ्छु मध्य राती । एक एक तिम्रा शब्दहरु याद आई दिन्छन्थाहै नपाई आँखाहरु त्यसै रसाइ दिन्छन् ।साथ थियौं हामी सधैं अति खुशी थिएँतिमीबाट टाढा भई मरे तुल्य भएँ । जिउनै पर्ने यो जिन्दगी पर्ख मेरी प्रियाआउँदै छु म चाँडै फर्की नमाने है पिर ।म पनि त तिमी विना हाँसेको कहाँ छु रयस्तै रहेछ यो जिन्दगी बस मन थामेर । अनिल…..
डर लाग्छ
फुल भए तिम्रो मनको वगैंचामा फुलीदिन्थें,मुस्कान भई तिम्रो ओठमा सधैं भरी मुस्काई दिन्थें ।वर्षा यामको कालो बादल आकासमा उडे सरी,तिम्रो जिवन शुवाशले भरी दिन्थें सधैं भरी । काडाँ समान भयो जिवन तिमीलाई विज्ने डरलाग्छ,मुटु भरी पिंडा थपी रुवाउछ भन्ने डर लाग्छ ।एक्लै सायद खुशी थियो हिजो सम्म तिम्रो जिवन,कतै पिंडा थपि दिन्न - भन्ने मलाई डर लाग्छ । खुशी दिन सकीन त पिंडा नदिउँ भनी सोच्छु,तिमीबाट कतै टाढा हराइ जाउँ भनी सोच्छु ।याद आउँछौ सधैं तिमी तडि्परहन्छ मेरो यो मन,मुटु भरी पिंडा बोकी बाँच्नु पर्ने कस्तो जिवन ।अनिल….
सकीन भुल्न
तिम्रो यादले तड्पाई रहेछ कीन कीन आज, नरमाईलो पिंडा हुन्छ यो हृदय माझ । सक्दीन म भुल्न तिमीलाई छोडि नजाउन, जीन्दगी यो तिम्रै भयो भुलि नजाउन । आँशु पिएँ तड्पि तड्पि तिम्रै याद सम्हाली, हरेक क्षण याद आउँछौ तिमी मात्र खाली । कसरी म भुलौं तिमीलाई छाएउ मुटु भरी, पागल भई तिमीलाई खोज्छु मैले घरी घरी । अनिल…..
कसरी भुलौं
वीष देउ पिई दिन्छु तिम्रो प्रेमले भरीएको,मृत्यु पनि स्वीकार्य छ तिम्रो मायाँले सझीएको ।मायाँ गरें तिमीलाई तन मन सबै दिएर,सक्दीन म जीउन अब तिम्रो यादमा तड्पीएर । कसरी भुलौं तिमीलाई म हर धड्कनमा प्रवाहित छौ,कसरी भुलौं तिमीलाई म मन मष्तिष्कमा छाएकी छौ ।रौं रौं मा तिमी समाहित छौ अन्तर हृदयमा लीन छौ,मुटुका हरेक कणमा तिमी अनी रगत सँगै प्रवाहित छौ । वयान गर्दीन तिम्रो रुपको हृदय कोमल पाएँ तिम्रो,विगतमा फर्कीन चाहन्न म वर्तमान कुशल पाएँ तिम्रो ।मुटु त सबैको उस्तै हुन्छ धड्कन्छ सायद तिम्रो पनि,आँखा त पढ्न सक्दीन म भन्छ यो हृदय तिम्रै हुँ भनि ।अनिल……
समर्पित…
यो जिन्दगी तिमीमा समर्पित गरी सकें,सक्दीन फर्की फेरी अर्को बाटो जानलाई ।तिमीलाई मेरो जिन्दगी मानी सकें,चाहे लत्याउ चाहे सम्हाल तिमी मलाई । तिम्रो आँचलको सायमा बाँच्न चाहन्छु म,तिम्रा मायाँलु औंलाहरुका स्पर्शमा रमाई ।तिमीसँग हर कदम साथ चल्न चाहन्छु म,तिनै तिम्रा कोमल मायाँलु औंलाहरु समाई । यो दिलको हर कुनामा र्छाई सकेछौ अब त,तिमी वीनाको जिन्दगी सोच्न समेत सक्दीन ।तिमी त मेरो संसार भई सकेछौ अब त,सायद तिमी विना अब म बाच्न नै सक्दीन ।अनिल…..
तिमी वीना
निष्ठूरीले छोडि गईन मुटु चिरा पारी,अँधेरो नै मात्र देख्छु सँधै वरीपरी ।ओठहरु सुकी सके धड्कन रोकीन्छ की,बाँच्ने रहर छँदाछँदै जिवन रोकिन्छ की । शरीरको सारा रगत सुके जस्तो लाग्छ,पल पल मेरो सास पनि रोकिए जस्तो लाग्छ ।दोष तिमीलाई केहि छैन मर्ख आफैं थिएँ,समुद्रको गहिर्राईबाट मोति टिप्ने भएँ । तिम्ले पनि डुब्न दिएउ निकै गहिर्राई सम्म,गहिर्राईमा पुर्याई छोडेउ कस्तो तिम्रो मन ।नत सक्छु तैरीन नै नत सक्छु डुब्न,तिमीबाट टाढा भई सक्दीन म बाँच्न । सक्छौ भने देउ साथ हाँसी खुसी जीउँला,होईन भने देउ विष तिम्रै सामु पिउँला ।तिमी वीना यो जिवन सम्भव छैन जिउँन,सक्दीन म आँशु पिउँदै सँधैं भरी जिउँन ।अनिल……
पिंडा
संसारका सारा खुशी दिन्छु भन्दीन म,तिमी विना एक्लो जिवन जिउँछु भन्दीन ममुटु भरी तिमी नै छौ धड्कन भरी तिमी,एक्लो मलाई छाड्ने छैनौ वचन देउ तिमी लाग्छ अब तिमी विना जीउन मुस्कील हुन्छ,टाढा हुने कल्पना नै गर्न मुस्कील हुन्छकिन यती धेरै छायौ मुटु भरी मेरो,तिमी नै पो हौ की अब सारा संसार मेरो विन्ती गर्छु अब मलाई एक्लो नछोड है,रुदै बाँच्ने विवशतामा पारी नछोड हैपिर लाग्छ छोडि मलाई कतै जान्छौ भन्ने,एक्लै तड्पी जीउँन विवश पारी जान्छौ भन्नेअनिल…..
मनका कूरा
आफ्ना मनका कूरा सबै लुकाई रुन्छु नभन्दीनु,तिमीबाट टाढा भई जिउछु भनि नभन्दीनु हज्जारौंमा शुख्ख हुन्न खुशी दिने एउटै हुन्छ,हज्जारोंको जमात विच हराउन नभन्दीनु
मनमा राखी पुजे पछि टाढा हुने कुरै छैन,हृदयमा तिम्रो लागी ठाउँ छैन नभन्दीनुघृणा गरी हृदयमा मलाई ठाउँ नदिए पनि,कठोर भई पाउमा समेत ठाउँ दिन्न नभन्दीनुअनिल…….
माफी नै एक यस्तो गम हो, जसले तोडीएको सम्बन्धलाई जोड्न सक्छ "Forgiveness is the glue that can fix the broken relationship"
nepali solo dance Renu Thapa
17 years ago




