तिम्रा मनका कुरा
तिम्रा मनका कुरा सबै सुन्छु भनि नभन्दिनु,
तिमीलाई नपाएमा रुन्छु भनि नभन्दिनु ।
मसँग त दुःख छ सुख दिने हज्जारौं छन् ,
हज्जारौंमा तिमीलाई नै चुन्छु भनि नभन्दिनु ।
मनमा राखी पुजे पछि टाढा हुनु पर्छ भने,
म त तिम्रै हृदयमा हुन्छु भनी नभन्दिनु ।
समयले अन्तै कतै लग्यो भने त्यतीबेला,
रुवाउन मेरा पाउ छुन्छु भनी नभन्दिनु ।
निना क्षेत्री (आचार्य).....
रगतको साइनो चुडिएको पल
मीत्र नसोध मलाई कस्तो छ भनेर
म सींगो आशुको अहालमा डुबी रहेछु ।
होसमा रोए या म बेहोसीमा नै रोए
एउटै मुटुको रगतको साइनो चुडिदा
थाहा छैन मलाइ म कहा कसरी रोए
मेरो सानो बहिनी गंगाले छोडे देखि
म हरेक पलमा उनैकोआशुको साउनमा हराए ।
मीत्र नसोध मलाई कस्तो छ भनेर
म सींगो आशुको अहालमा डुबी रहेछु ।
सोधेको उनले तिहारमा आउनु न दादा
कति रमाइलो हुन्छ हामी सबै साथमा हुँदा
कसरी भुलु यो उनको यो अभिलाशा
हरेक बतासको सुस्केराहरुमा आज
स्व. गंगा वहिनीको बिन्ति सुनीरहेछु ।
मीत्र नसोध मलाई कस्तो छ भनेर
म सींगो आशुको अहालमा डुबी रहेछु ।
चन्द्र पुन...
आफैंलाई भार भयो
दुइ दिनको जिन्दगानी आफैंलाई भार भयो,
मेरो दिलको सुन्दर फुल उनको लागी झार भयो ।
अधुरै भो उनलाई मनमा सजाउने धोको मेरो,
मिठो सपना साँचेको थें आज सारा बेकार भयो ।
जसलाई यति मायाँ गरें उनै पर्राई बने पछि,
यहि एउटा चुरोट मात्र मेरो लागी आधार भयो ।
दुइ दिनको जिन्दगानी आफैंलाई भार भयो,
मेरो दिलको सुन्दर फुल उनको लागी झार भयो ।
दिलको मेरो सारंगीमा श्रृंगार रसको अलाप गाउँथें,
करुण रसमा बद्ल्यो जीवन चुँडिएको तार भयो ।
सँधै भरी खेल्ने गर्थें मैले मात्र जित्ने खेल,
जीनदगीमा पहिलो पटक आज मेरो हार भयो ।
दुइ दिनको जिन्दगानी आफैंलाई भार भयो,
मेरो दिलको सुन्दर फुल उनको लागी झार भयो ।
सँधै भरी आशा गर्थें सकारात्मक प्रतिकृया,
उनको मन अम्ल रैछ मेरो मायाँ क्षार भयो ।
रेटिनु त रैछ आखिर चोट खोज्न पुगें आफै,
अचानो भो दिल मेरो उनको मुहार धार भयो ।
दुइ दिनको जिन्दगानी आफैंलाई भार भयो,
मेरो दिलको सुन्दर फुल उनको लागी झार भयो ।
टिकाराम गौतम "उत्सुक"

No comments:
Post a Comment